भरना खुला, Nihongo support for kids, Fussa-shi | 多文化子ども・若者日本語教室

多文化子ども・若者日本語教室

東京都福生市にある「多文化子ども・若者日本語教室」のブログです。(NPO法人青少年自立援助センター運営)
教室では、外国にルーツを持つ子どもと若者のための日本語学習・教科学習、高校進学サポートなどを実施しています。

बिदेशी मूलका र स्कूल भर्ना हुनु भन्दा अगाडीका बालबालिकाका निमित्त शैशिक सहायता प्रोग्राम

Co-Preक्लास


भरना खुला


Co-Preक्लास बिदेशी मूलका स्कूल भर्ना हुनु भन्दा अगाडीका बालबालिकाले स्कूल जीवनमा आवश्यक जापानी भाषा तथा स्कूलको नियम र आवश्यक पर्ने सर-समानको बारेमा जानकारी लिएर बिना कुनै अप्ठ्यारोका साथ स्कूल जीवनको सुरुवात गर्न सकुन् भन्ने हेतुले सपोर्ट गर्ने स्कूल भरनाको सहयोग प्रोग्राम हो।


)भाग लिन सक्ने बालबालिका

सन् २०१४साल अप्रिल महिनामा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिका अनि अभिभावक मध्य कुनै एक बिदेशी (अथवा दुबै) बिदेशी

(जापानी भाषा बोल्न नसक्ने बालबालिका मात्र नभएर जापानमा जन्मि जापानको बसाई लामो भएका बालबालिकाले पनि भाग लिन सक्नेछन्।)


)प्रोग्राम सुरुहुने मिती

जनवरी १८तारिख (शनिवार) देखी मार्च २२तारिख (शनिवार) हरेक हप्ता शनिवार दिउसो २बजे देखी ४बजे सम्म (जम्मा १० पटक)


)स्थान NPOबालबालिका तथा युवाहरुको आत्मनिर्भरता सहयोग निगम केन्द्र बहु संस्कृति बालबालिका तथा युवा जापानी भाषा कक्षा तथा फुस्सा नगर भित्रको प्राथमिक स्कूल (योजना)


) पढाइ शुल्क निशुल्क (पैसा तिर्न नपर्ने)


)प्रोग्राम

  ・हिरागाना, भाषाको ज्ञान

  ・गणितको ज्ञान

दैनिक जीवनको ज्ञान( कापी कलम आदिको चलाउने तरिका,आवश्यक सर-समान,स्कूलको नियम,शैक्षीक व्यवहार आदि)

  अभिभावकलाई निर्देशन(जापानको स्कूल जीवनको बारेमा, आवश्यक सामान तथा स्कूलसंगको कम्युनिकेसन)आदि

   

)निवेदन भर्ने तरिका

फोन गरेर भरना हुनका लागी आवश्यक अन्तरवार्ताको मिती बुकिङ गर्नुहोला।

अन्तरवार्तामा अभिभावकलाई केहि निर्देशन दिने तथा बालबालिकाको जापानी भाषाको सक्षमताको जाच गरिन्छ।

जापानी भाषा सक्षमताको जाच प्रोग्रामको ग्रुप छुट्याउनका लागी गरिने हो भरना हुन सकिने कि नसकिने भनि जाच गर्नका लागी होइन।

यस प्रोग्राममा भाग लिन आवश्यक परेमा आवत-जावतका लागी बसको उपयोग गर्न पनि सकिन्छ। वृस्तित जानकारीका लागी भर्ना हुने बेलामा सोधपुछ गर्नुहोला।


निवेदन लिने तथा सम्पर्क

NPO Youth Support Center, Kodomo Nihongo Kyoshitsu

Tanaka or Pitchford
टोक्यो फुस्सा नगर होनच्यो ११७-१ स्प्रिङ बाले फुस्सा २०१(JRओउमे सेन फुस्सा स्टेशन ओर्लि पैदल २ मिनेट)


TEL 042-552-7400 MAIL info@kodomo-nihongo.com